site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताको प्रश्न– सिनेमा हलमा ह्विलचेयरको मापदण्ड के हो ? 

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सिनेमा हलमा ह्विल चेयरमा बसेर सिनेमा हेर्न वातावरण हुनुपर्ने बताएका छन् । ह्विलचेयरमा बसेर चलचित्र हेर्ने व्यवस्था नरहेको भन्दै उनले गुनासो गरेका छन् । 

“हाम्रा सिनेमा हलमा ह्विलचेयरको मापदण्ड के हो, हाम्रा हल ह्विलचेयरमैत्री छन् कि छैनन् ?,” पूर्ण बहादुरको सारङ्गीका निर्माता पौडेल बाह्रखरीसँग भन्छन्, “मैले यसबारे चलचित्र विकास बोर्डसँग बुझ्ने प्रयास गरेँ तर, सम्पर्क भएन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र संघसँग यसबारे कुरा गर्दा यसबारे ठोस जवाफ नपाएको उनले जानकारी दिए । “पुराना हल भए, त्यसलाई अपडेट गर्नुपर्यो । हाम्रो चलचित्र हेर्न थुप्रै ह्विल चेयरमा बसेर जानु भएको छ । बिरामीहरू पनि लाइनमा बसेको मैले देखेको छु,” उनी भन्छन्, “चलचित्र हेर्न पाउने हरेक व्यक्तिको अधिकार हो । कोही पनि नागरिकलाई उसको अधिकारबाट बञ्चित गराउनु हुँदैन ।” 

माथिल्लो फ्ल्याटमा रहेका हलमा ह्विलचेयरमा जानै कठिन रहेको र हलमा गए पनि अगाडि बसेर हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । “ठूलो संख्यामा ह्विलचेयर प्रयोग गर्ने दशर्क हलमा जानु भएको छ । तर उहाँहरू बसेर हेर्ने ठाउँ छैन,” विनोद भन्छन्, “समयअनुसार सिनेमा हल पनि अपडेट हुनुपर्छ ।” 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्