site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेश पठाउने भन्दै पैसा लिएर फरार भएका तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौं–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका–९ घर भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापा मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्का छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट आठ लाख २५ हजार, बुढाले यूके पठाउने भन्दै एक जनाबाट दुई लाख तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट दुई लाख २५ हजार लिएर सम्पर्कविहीन भएको आरोप लागेको छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २२:३२
प्रतिक्रिया दिनुहोस्