site stats
बाह्रखरी :: Baahrakhari
कला
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ 

काठमाडौं । मण्डला थिएटरमा केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भइरहेको छ । शनिबारबाट यो नाटक मञ्चन भइरहेको हो । 

मानवीय संवेदना, सहअस्तित्व र प्रेम समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा तयार भएको हो । नाटकलाई दयाहाङ राईले निर्माण गरेका हुन् । नाटकमा कलाकार मेनुका प्रधान र कार्मको अभिनय रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Dhukdhuki-72-MHz-6-1731462098.jpeg
नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । सन्तान चाहनाको उत्कट उत्साह संगालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को कथा हो । 

लेखक तथा निर्देशक श्रेष्ठले ‘७२ मेगाहर्ज’ को शीर्षक विम्वात्मक भएको बताए । उनले भने, “मानव ढुकढुकीको आराम अवस्थाको औसत दर प्रतिमिनेट ७२ ढुकढुक मुटुले रगत पम्प गर्दाको चाल मात्र नभई यो जीवनको विशाल आयतनको आवाज हो, अर्थात् जीवनको मेगाहर्ज हो ।”

निर्माता दयाहाङ राईले आफूले नाटक पढ्दा नै उत्साही भएको बताए । ‘ढुकढुकी ७२ मेगाहर्ज’ निर्माण गर्न पाउँदा खुसी रहेको सुनाए ।

Dhukdhuki-72-MHz-8-1731462125.jpeg
‘ढुकढुकी ७२ मेगाहर्ज’ मण्डला थिएटरले घोषण गरेको ७ नाटकमध्ये तेस्रो हो । नाटकमा कलाकार मेनुका र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको अभिनय छ ।

देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको भेषभुषा परिकल्पना रहेको नाटकको मञ्च परिकल्पना निर्देशक स्वयंको छ । 

नाटक गत शनिबारदेखि मञ्चन सुरु भएको नाटक मंसिर १६ सम्म हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्