site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गरेको आरोपमा केन्द्रीय साइबर ब्युरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्युरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनले भने, “जानकी बागटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्युरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्युरो काठमाडौंमा ल्याइएको हो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको छ ।

बोगटीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्युरो जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्