site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । समता घरेलु लघुवित्तले निष्कासनमा ल्याएको थप प्राथमिक सेयर (एफपीओ) बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार (आज) बिहान ९ बजे एफपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको सेयर ३५ हजार ९० जनाले मात्र पाएका छन् । सेयर पाउने ३५ हजार ९० मध्येबाट चारजनाले थप एक कित्ता प्राप्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीले यही कात्तिक १२ देखि २० गतेसम्म तीन करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको तीन लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो ।

एफपीओमा १३ लाख ४८ हजार ९१२ जनाबाट एक करोड ९६ लाख ९६ हजार १८० कित्ताका निम्ति आवेदन परेको थियो । तीमध्ये १३ लाख ४७ हजार ५१३ जनाको मात्र आवेदन योग्य भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

कसरी हेर्ने रिजल्ट ?
कम्पनीको एफपीओमा आवेदन दिएकाहरूले मुक्तिनाथ क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले विकास गरेको आईपीओ रिजल्ट वेबसाइटबाट पनि हेर्न सक्छन् । साथै, मेरोसेयरमा लग इन गरेर आफ्नो पोर्टफोलियोमा गएर समेत हेर्न सकिन्छ ।

मेरोसेयरमा आवेदन दिएको परेको छ भने ‘अलोटेड’ भनेर देखाउँछ । नपर्दा ‘नट अलोटेड’ देखाउँछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्