site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी 

काठमाडौं । सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् । 

“सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,” बजगाईंले एक्समार्फत भनेका छन्, “मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजेन्द्र बजगाईंसँग कांग्रेसको अनुशासन समितिले लियो स्पष्टीकरण

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो । 

केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्