site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
केराखेतीबाट वार्षिक १० लाख आम्दानी

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभनदा बढी आम्दानी गरिरहेका छन् ।  

राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट रु २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।     

“केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।” 

केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए । रासस
    
 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्