site stats
बाह्रखरी :: Baahrakhari
देश
बिनाकारण थुनामा राखेको भन्दै दुर्गा प्रसाईंका समर्थकको विरोध

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बिनाकारण थुनामा राखेको भन्दै उनका समर्थकले काठमाडौंमा विरोध जनाएका छन् । 

ठोस प्रमाणबिना प्रसाईंलाई थुन्ने काम भएको भन्दै उनका समर्थकहरूले बुधबार काठमाडौंको माइतीघरमा सडकमा सुतेर विरोध जनाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनमा सहभागीहरूले दुर्गा प्रसाईंको जीवन रक्षा गर, दुर्गा प्रसाईंको स्वास्थ्य अवस्था सार्वजनिक गर, कम्बोडियाको कालो धन छानबिन गर, मानवअधिकारको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रसाईंलाई मंसिर ४ मा पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । प्रसाईंले सर्वोच्चमा बन्दी  प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्