site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बंगलादेशका हिन्दुबारे कांग्रेस हिन्दुराष्ट्र अभियानको प्रश्न– राष्ट्रसंघ के हेर्दै छ ? 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बंगलादेशका हिन्दुहरूमाथि इस्लामिक कट्टरपन्थिले अमानवीय व्यवहार गरिरहेको भन्दै नेपाली कांगेसको हिन्दुराष्ट्र अभियान नामको समूहले विज्ञप्ति जारी गरेको छ ।

अभियानका संयोजक तथा सांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले जारी गरिएको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण गरिएको छ । 

“बंगलादेशका आम निहत्था हिन्दुहरूमाथि व्यापकस्तरमा दमन र आक्रमणका घटना भैरहँदा समेत संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, बंगलादेशका छिमेकीसहितका मित्र राष्ट्रहरू अन्देखा गरेर बस्नु चिन्ताको विषय हो,” विज्ञप्तिमा भनिएको छ, “बंगलादेशका हिन्दुहरूमाथि कट्टरपन्थी इस्लामिक संगठनहरूबाट डरलाग्दो हिंसा, दमन र आक्रमणको घटना भैरहँदा समेत ॐकार परिवारभित्र पर्ने ९४ प्रतिशत वैदिक सनातन धर्म र संस्कृतिमा विश्वास गर्ने नागरिकको बसोबास रहेको देश नेपालको सरकार समेत बेखबर जस्तै भएर बस्नु थप दुःखको कुरा हो ।”
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्