site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कीर्तिपुरको परिणामले कांग्रेको दिन सुदृढ हुँदै छ भन्ने सन्देश दियो : प्रकाशमान सिंह
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेस सुदृढ हुँदै गएको सन्देश प्रवाह गरेको बताएका छन् । आज कीर्तिपुरमा आयोजित सभामा उनले कीर्तिपुरले राजनीतिकरूपमा देशलाई नै सन्देश दिएको जिकिर गरे ।

"राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ; राजनीतिकरूपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन सुदृढ हुँदै छ भन्ने सन्देश गएको छ," उनले भने, "नगर प्रमुख र दुई वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कीर्तिपुरमा मेयरका लागि ११ जना रहे पनि पार्टीले उमेदवारको निर्णय गरेपछि सबै एक भएर लाग्दा परिणाम पार्टीको पक्षमा आएको बताए ।

त्यस्तै, उनले पार्टीमा संगठन गर्नेहरूले मौका पाइएन भनेर गुनासो गर्ने गरेको चर्चा गर्दै पार्टीमा धैर्यता गरे दिन आउने र त्यसको उदाहरण नगर प्रमुख कृष्णमान डंगोल भएको बताए ।

"संगठन गर्दाखेरि धैर्यता पनि राख्नुपर्ने रहेछ, पार्टीको संगठनमा लागिरहनुपर्छ । धैर्यता राखेपछि मौका आउँछ," उनले भने ।

सिंहले कीर्तिपुरका नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दालाई सम्बोधन गर्ने गरी काम गर्न सुझाव पनि दिए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्