site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको संगठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका पाँचवटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजना भएको जिल्ला भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरु समेत सहभागी हुने कार्यक्रम छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेलाले पार्टीको संशोधित विधानको सांगठनिक  संरचनाअनुसार जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनको भनाइ छ ।

जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । 

उनले पार्टीको केन्द्रीय संगठन विभाग, प्रदेश संगठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको बताए । 

रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्