site stats
बाह्रखरी :: Baahrakhari
देश
मधेस प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको दृश्य । फाइल तस्बिर ।

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये ६ हजार ४७२ वटा फर्छ्योट गरिएको जनाएको छ ।

उक्त कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा मधेस प्रदेशका आठ जिल्लाबाट कुल आठ हजार ५२९ उजुरी दर्ता भएको थियो । तीमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार ४२२ उजुरी परेकामा एक हजार ५६ वटा फर्छ्योट भएको थियो ।

यस्तै, दुई वर्षमा बाराबाट एक हजार २०७ उजुरीमध्ये ८८७, सप्तरीबाट एक हजार १७० उजुरीमध्ये ९७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये ७३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये ८३४ वटा फर्छ्योट भएको जानकारी दिइएको छ ।

पर्साबाट ९५६ उजुरीमध्ये ६९१, सिरहाबाट ८८१ उजुरीमध्ये ६८७ र सर्लाहीबाट ८३६ उजुरीमध्ये ६४२ वटा फर्छ्योट भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्