site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतृत्वविरुद्धको कुप्रचारको जमेर प्रतिवाद गर्नेसहित एमाले कार्यशालाकाे ६ संकल्प

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले नेतृत्वविरुद्धको कुप्रचारको जमेर प्रतिवाद गर्नेसहित ६ संकल्प गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयाेजित 'स्थानीय तहमा पार्टी कामका समस्या र समाधान' विषयक दुईदिने राष्ट्रिय कार्यशालामा सो संकल्प गरिएको हो ।

यस्ता छन् कार्यशालाको घोषणा

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१. यो राष्ट्रिय कार्यशाला निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीनमहिने 'वड़ा केन्द्रित अभियान' सञ्चालन गर्ने संकल्प गर्दछ ।

२. यो राष्ट्रिय कार्यशाला आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै 'जनतासँग जनसंगठन अभियान' सञ्चालन गर्ने संकल्प गर्दछ ।

३. यो कार्यशाला २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फाल्गुण चैत्र महिनाभित्रै विधिसम्मत र प्रकृयासम्मत ढंगले सम्पन्न गर्ने संकल्प गर्दछ ।

४. यो कार्यशाला २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने संकल्प गर्दछ ।

५. यो कार्यशाला २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्दछ ।

६. यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापीत गर्ने संकल्प गर्दछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्