site stats
बाह्रखरी :: Baahrakhari
देश
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी (मतपरिणामसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शर्मा चार हजार २८२ मतसहित विजयी भएकी हुन् ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनी चार हजार २३० मतका साथ विजयी भएका हुन्  । महिला उपाध्यक्षमा नितु पण्डितले चार हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द चारहजार २९२ मतका साथ विजयी भएका छन् । महासचिवमा रामप्रसाद दाहाल चार हजार २९२ मतसहित विजयी भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्वाचन समितिका अनुसार खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

को को निर्वाचित भए, हेर्नोस् नामावली–

 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २३:४०
प्रतिक्रिया दिनुहोस्