site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई सय ४६ महिलालाई साइकल प्रशिक्षण
तस्बिर : कामनपा-१५
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले दुई सय ४६ जना महिलालाई साइकल प्रशिक्षण दिई प्रमाणपत्र प्रदान गरेको छ । वडा नं. १५ ले ‘साइकल चढौँ, स्वस्थ्य रहौँ, वातावरण जोगाऔँ’ नारासहित साइकल प्रशिक्षण दिएकाे हाे । 

प्रशिक्षित ५ समूहका महिलामध्ये पहिलो समूहमा ५४ जना, दोस्रो समूहमा ५१ जना, तेस्रो समूहमा ४० जना, चौथो समूहमा ५० जना र पाँचौँ समूहमा ५१ जनाले प्रशिक्षण लिएका छन् । यसरी प्रशिक्षण लिनेमा किशाेरीदेखि ६० वर्षसम्मका महिला छन् । 

''काठमाडौंमा साइकल चलाउन सिकाउने प्रशिक्षणभन्दा या सुन्दा यो आवश्यक छ र भन्ने लाग्न सक्छ तर यो आवश्यक मात्र होइन अति आवश्यक छ,'' कार्यक्रममा वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले भने, ''साइकल चलाउने जान्ने भएर हजुरआमाहरूको, आमाहरूको, गृहिणीहरूको जीवनशैली नै अर्कै भएको छ ।''

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्