site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान सुरु 

काठमाडौं । नेपालमा ‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सुरु गरिएको छ । बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बालविवाहमुक्त बनाउने संकल्पका साथ राष्ट्रिय बालकल्याण परिषद्को अगुवाइमा उक्त अभियान सुरु भएको हो ।

‘बालबालिकामा लगानी–सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सुरु अभियान सञ्चालनका लागि मंगलबार ललितपुरमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले काजगमा कानुन बनाएर मात्रै बालविवाहको समस्या समाधान नहुने भन्दै यसका लागि जनेचतना आवश्यक रहेको बताए । 

उनले तीनै तहका सरकारबीच समन्वय नभएसम्म कुनै पनि कानुनलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न कठिन रहेको धारणा राखे । 

बालविवाह मुक्त नेपाल बनाउनका लागि विभिन्न समस्याको निराकरण गर्दै अघि बढ्नुपर्ने भएकाले सबैको ऐक्यबद्धता आवश्यक रहेको उनले बताए । 

मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्