site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालमार्फत हुने ठगीबाट बच्न साइबर ब्युरोकाे अनुराेध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडाैं । नेपाल प्रहरीकाे साइबर ब्युरोले हिजाेआज सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी ठगी हुने घटना अत्यधिक बढिरहेको भन्दै यसमा सचेत रहन सर्वसाधारणकाे ध्यानाकर्षण गराएकाे छ । 

फेसबुक, इन्स्टा, भाइबरलगायत सामाजिक सञ्जालहरूमा अनलाइन जबको आवरणमा विज्ञापनमार्फत विभिन्न किसिमका लिंक पठाउने, इसेवा, खल्तीलगायत विभिन्न वालेट तथा बैंक तथा वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी काेड मागी पैसा ट्रान्सफर गर्ने, गिप्ट प्याकेज, अपुताली, अनलाइन मार्केटप्लेस, अनलाइनमा कोठा भाडा खोजिदिनेलगायत बहानामा ठगी गर्ने प्रवृत्ति समेत बढिरहेको साइबर ब्युरोले जनाएकाे छ । 

''आमजनमानसमा यस्ता विज्ञापनहरूमा विश्वास नगर्न, आ-आफ्ना व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित प्रयोग गर्न सम्पूर्ण सचेत नागरिकहरूमा साइबर ब्युरो हार्दिक अनुरोध गर्दछ,'' ब्युरोका उपनिर्देशक एवं सूचना अधिकारी दीपकराज अवस्थीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्