site stats
बाह्रखरी :: Baahrakhari
देश
आजको मौसम : गण्डकी र कर्णालीमा बादल, अन्यत्रको आकाश खुल्ने

काठमाडौं । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति भने हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहनेछ । 

आज गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशभरका बाँकी भूभागको मौसम भने सफा रहेको विभागको पूर्वानुमान छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवनमा समस्या आउन सक्ने भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । 

साथै, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्