site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा डा. रुइत पुरस्कृत
तस्बिर : रासस

कास्की । यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत भएका छन् । 

स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको भन्दै श्रीपति कोइराला गुठीले सो पुरस्कार रुइतलाई  प्रदान गरेको हो । गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा उनलाई पुरस्कृत गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका डा. रुइतलाई पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मरासिनीलगायतले शनिबार दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ताम्रपत्र प्रदान गरे । 

सोही समारोहमा सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरुप उनलाई नगद २२ हजार दुई सय २२ रुपैयाँराशिसहित सम्मान गरियो । 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्