site stats
बाह्रखरी :: Baahrakhari
देश
अरुण तेस्रो आयोजनाबाट ४०० परिवारले मुआब्जा पाउने

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब ४०० परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले ०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत्गृह जाने २४ किलोमिटर प्रवेशमार्गको ५२४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका निम्ति अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तत्कालै ५३ करोड रुपैयाँ जम्मा गरिदिएको थियो ।

आयोजनाको प्रवेशमार्गमा झन्डै ४०० परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेर यो काम सकिएको घोषणा गरिएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्