site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति
असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्ग । फाइल तस्बिर ।

काठमाडौं । सरकारले चालु वर्षको वर्षायाममा आएको बाढीपहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ ।

सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्राधिकरणका अनुसार सातै प्रदेशमा बाढीपहिरोका कारण साना–ठूला गरी क्षति भएको देखिएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

असार, साउन, भदौ र असोजमा आएको बाढीको कारण सबैभन्दा बढी वाग्मती प्रदेशमा क्षति भएको देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए । उनले बाढीले क्षति गरेका १७४ सरकारी भवन पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

बाढीका कारण ऊर्जा तथा जलस्रोतका दुई हजार १९ वटा आयोजना पुनर्निर्माण गर्नुपर्ने देखिएको बताए । विपद्पछि पुनर्निर्माणको लागि गर्नुपर्ने कतिपय कामहरू गर्न सरकारले आइतबार गरेका निर्णयले सहज भएको उल्लेख गरे । सातै प्रदेशमा भएको क्षति पुनर्निर्माणको लागि इन्जिनियरहरू आवश्यकता पर्ने भएकाले आवश्यकताका आधारमा सबैतिर खटाएर काम गर्ने निर्णय आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले गरेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्