site stats
बाह्रखरी :: Baahrakhari
देश
वीरगन्जबाट ५० लाखभन्दा बढीको सामान बरामद

काठमाडौं । भन्सार छलेर नेपाल ल्याई अवैध रूपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँबराबरको लत्ताकपडा तथा हार्डवेयरका समान सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित दुईवटा पक्की घरको भुइँतलामा अवैध रूपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगन्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामान बरामद गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गोदाम गरी राखिएको सामान सीमा इलाकाबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँबराबरको लत्ताकपडा र एक लाख २१ हजार पाँच सय रुपैयाँबराबरको हार्डवेयरको सामान रहेको छ ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको निम्ति भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्