site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिलाई प्रशिक्षण दिने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुन लागेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति कार्यक्रममा सहभागी हुने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । 

प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालगायत नेताको उपस्थिति रहनेछ ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की कांग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको भनाइ छ ।

‘‘महत्त्वपूर्ण कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो, सभापति बरालले भने, ‘‘कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’’ 

सभापति बरालका अनुसार, कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरू गठन गरी काम अघि  बढिरहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्