site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्तामा रहँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा नगरौँ : सिटौला

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कुर्सीमा रहँदा देश र जनताका निम्ति कति काम गरेँ भन्ने विषयले नै महत्त्वपूर्ण अर्थ राख्ने बताए । “मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा, मैले जिम्मेवारी पाउँदा देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्न सक्ने आँकडा, हिसाबकिताब रहनैपर्छ,” उनले भने, “तबमात्र हामी जनताको प्रतिनिधि भएर, जनताको सार्वभौम अधिकार, जनताको लागि प्रयोग गर्ने अधिकारको सदुपयोग गर्न सक्छौँ ।”

केन्द्रिकृत राज्य सञ्चालनको भावना हटाउनुपर्नेमा उनले जोड दिए । उनले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने औँल्याए ।

संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरेका उनले सुनाए । उनले देशमा अझै केन्द्रिकृत शासन प्रणालीको मानसिकता हाबी रहेको बताए । न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्