site stats
बाह्रखरी :: Baahrakhari
देश
संगठनको निर्देशनविपरीत काम गर्ने १२० सशस्त्र प्रहरी कर्मचारीमाथि कारबाही

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेका १२० कर्मचारीलाई विभागीय कारबाही गरेको छ ।

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक चारजना, सहायक निरीक्षक पाँचजना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार तीनजना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर दुईजना रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरुमा नकारात्मक टीकाटिप्पणी गर्ने कर्मचारीलाई समेत कारबाही गर्दै आएको छ । संगठनको नियमविपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नको लागि सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्