site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो अवस्थाका नवजात शिशुलाई दातृआमाको दूध खुवाउने ?

काठमाडौं । नवजात शिशुलाई आमाको दूध अनिवार्य खुवाउनुपर्ने हुन्छ । तर, कहिलेकाँही आमाको दूध खुवाउन नसकिने वा नमिल्ने अवस्था बन्छ । त्यस्तो अवस्थामा नवजात शिशुलाई दातृआमाको दूध खुवाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

आमा बिरामी रहेको, नभएको, कहीँ कतैबाट ग्रहण गरिएका नवजात शिशुलाई दातृआमाको दूध खुवाउन सकिने केन्द्रले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केन्द्रका अनुसार, यस्तो अवस्थामा खुवाउन सकिन्छ दातृआमाको दूध–
१. बिरामी आमाको नवजात शिशु 
२. आमा नहुने नवजात शिशु 
३. कुनै कारणले दूध नआउने आमाको नवजात शिशु 
४. दूध खुवाउन नमिल्ने आमाको नवजात शिशु 
५. ग्रहण गरिएका नवजात शिशु ।

कस्तो नवजात शिशुलाई आमाको दूध निचोरेर खुवाउने ?
कुनै नवजात शिशुलाई आमाको दूध निचोरेर खुवाउनुपर्ने पनि हुनसक्छ । महिना नपुगी जन्मेका, कम तौल भएकालगायत नवजात शिशुलाई आमाको दूध निचोरेर खुवाउनुपर्ने केन्द्रले जनाएको छ ।

smdg-1742057249.jpg
केन्द्रका अनुसार, यस्तो अवस्थामा नवजात शिशुलाई आमाको दूध निचोरेर खुवाउनुपर्छ–
१. महिना नपुगी जन्मेका नवजात शिशु 
२. जन्मँदा कम तौल भएका नवजात शिशु 
३. बिरामी भई आमाको दूध चुस्न नसक्ने नवजात शिशु ।

“आमाको दूध निचोरेर खुवाउँदा नवजात शिशु स्वस्थ र निरोगी हुन मद्दत पुग्दछ,” केन्द्रले भनेको छ । 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २२:३२
प्रतिक्रिया दिनुहोस्