site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रूपान्तरित गर्न प्रधानन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रूपान्तरित गर्नुपर्नेमा जोड दिएका छन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन  भएको आफूले पाएको बताए । सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुआतका यही हिमवतखण्डबाट हुनुको असाधारण महत्त्व रहेको चर्चा गर्दै उनले यस भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक  विविधताको नमुना भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यस्तो गौरवगाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा संकल्प गर्नुपरेको छ,” प्रधानमन्त्री ओलीले भने, “मानव सभ्यताका ६ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीसँग छन् । ती पुर्खाका योगदान हामीसँग छन् । आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरुलाई पेटेन्ट राइट्सका रुपमा संरक्षित गर्नुपर्नेछ । जेनेटिक मेमोरीलाई हामीले पुनःजन्म गराउनुपर्नेछ ।”

प्रधानमन्त्री ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने संकल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्