site stats
बाह्रखरी :: Baahrakhari
देश
च्याउ खाएर बिरामी भएका १० जनामध्ये एकको मृत्यु 

दमौली । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ । 

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 

उनका अनुसार बिरामी परेका नौजनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए । रासस

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०५:४२
प्रतिक्रिया दिनुहोस्