site stats
बाह्रखरी :: Baahrakhari
खेल
राजस्थानको पहिलो तीन खेलमा रियानले कप्तानी गर्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)का सुरुवाती तीन खेलमा राजस्थान रोयल्सको कप्तानी रियान परागले सम्हाल्ने भएका छन् ।

नियमित कप्तान सन्जु सामसन औँलाको चोटका कारण सुरुवाती खेलमा रहने अनिश्चित बनेपछि तीन खेलका निम्ति रियानले कप्तानी जिम्मेवारी पाएका हुन् ।
 
“राजस्थान रोयाल्सले रियाद पारागले आईपीएल २०२५ को पहिलो तीन खेलमा कप्तान रहने घोषणा गर्न चाहन्छौँ,” राजस्थानले विज्ञप्ति जारी गर्दै जनाएको छ, “युवा अल राउन्डर रियादले मार्च २३ का दिन सनराइजर्स हैदराबादविरुद्ध हुने उद्घाटन खेल, घरेलु मैदानमा साविक विजेता कोलकाता नाइट राइडर्ससँग २६ मार्चमा र पाँचपटकको विजेता चेन्नई सुपर लिगसँगको खेलमा खेल्नेछन् । ”

आईपीएलको १८औँ संस्करण मार्च २२ देखि सुरु हुने तालिका छ । प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्