site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद पद निलम्बन फुकुवाको पहल थाल्दै रवि, आज सभामुखलाई भेट्दै 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छन् । 

आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै लामिछानले सभामुखलाई भेट्न लागेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रतिनिधिसभा सदस्य पद् निलम्बनमा रहेकाले फुकुवाको माग गर्दै आज सभापतिज्यूले सभामुखलाई भेट्न लाग्नुभएको हो,” रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले बाह्रखरीसँग भने, “सभामुखसँग निलम्बन फुकुवाको प्रक्रियाअगाडि बढाइदिन आग्रह गर्नुहुनेछ ।”

लाछिानेसँगै सभामुखलाई भेट्न रास्वपाका अन्य सांसद् पनि जानेछन् । 

बिहान १० बजे सभामुखको कार्यालय सिंहदरबारमा भेट हुने कार्यक्रम रहेको उनले जानकारी दिए ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रविको सांसद् पद निलम्बन भएको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्