site stats
बाह्रखरी :: Baahrakhari
देश
मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्