site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिसँग महजोडीको आग्रह : नेताहरूलाई सुधार्न घचघच्याउनुपर्‍यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा महजोडीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकको हैसियतले राजनीतिक दलका नेताहरूलाई घचघच्याउन आग्रह गरेका हुन् ।

भेटपछि श्रेष्ठ र आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको अविश्वास नरहेको बताए । तर, राजनीतिक दलका नेताहरूको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको उनीहरूको भनाइ थियो । त्यस्ता गतिविधि रोक्दै सुधारका लागि राष्ट्रपतिको भूमिका हुनुपर्ने उनीहरूको सुझाव थियो । “देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, बिचौलियाले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले सम्बद्ध सबैलाई घचघच्याइ दिनुपर्‍यो,” राष्ट्रपतिसँग भेटबारे कलाकार आचार्यले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूहरूले राष्ट्रपतिसँग ‘अरुलाई कसैलाई मन पराएका होइनन्, लोकतन्त्रभित्रै सुधार हुनुपर्‍यो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक छ’ भनेको उनीहरूले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्