site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारले दियो आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आउँदो आइतबार (चैत २४) सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाल सरकारले संवत् २०८१ साल चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,” सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकबाट गरिएको बिदाको निर्णय राजपत्रमा छापिएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्