site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वस्थ जीवनका निम्ति अपनाउनुहोस् यी चार तरिका

काठमाडौं । हिजोआज हरेक व्यक्ति स्वास्थ्यप्रति सजग देखिन्छन् । डाक्टरहरूका अनुसार स्वस्थ जीवनका लागि व्यायाम मात्र होइन, खानपान र दिनचर्या पनि उत्तिकै आवश्यक छ । हुन त खानपान र व्यायामसँग सम्बन्धित बानी परिवर्तन गर्न गाह्रो हुन सक्छ तर यसबाट आत्तिनुपर्दैन । 

‘द फोर पिलर प्लान’ र ‘द स्ट्रेस सोल्युसन’का लेखक डा. रंगन चटर्जीका अनुसार स्वस्थ जीवनका चार स्तम्भ छन् : आहार, व्यायाम, निद्रा र विश्राम । यी क्रियाकलापमा गरिने सानो परिवर्तनले पनि हामी जीवनमा ठूलो सुधार ल्याउन सक्छौँ ।

१. खानपानको तरिकामा यस्तो परिवर्तन गर्नुहोस् 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. चटर्जीले खानपानका निम्ति एउटा सजिलो विकल्प सुझाएका छन् । उनका अनुसार आहार परिवर्तन गर्न वा घटाउन गाह्रो महसुस भएमा दिनभरको खाना १२ घण्टाको अवधिभित्र मात्र खानुहोस् ।

चटर्जीले भने, “यो नियमको पालनाले केही मानिसहरूको लागि फाइदा हुन्छ । तर तपाईं दिनको १२ घण्टा यसरी गर्न सक्नुहुन्छ भने मेरा अन्य सुझावहरूमा पनि ध्यान दिनुहोस् । किनभने यो एउटा धेरै सरल परिवर्तन हो र यसले मानिसहरूमा प्रभावकारी परिवर्तन ल्याएको मैले देखेको छु ।”

२. हप्तामा दुईपटक पाँच मिनेटको स्ट्रेन्थ ट्रेनिङ गर्नुहोस् 

हाम्रो व्यस्त जीवनशैलीमा जिम जान वा हिँड्ने समय निकाल्न गाह्रो हुन सक्छ । डा. चटर्जीको भनाइअनुसार हप्तामा दुईपटक मात्र पाँच मिनेटको स्ट्रेन्थ ट्रेनिङले पनि सकारात्मक असर गर्छ ।

उनी भन्छन्, “स्ट्रेन्थ ट्रेनिङलाई धेरै महत्त्व दिइँदैन । हामी दौडने र कार्डियोको कुरा गर्छौं, तर मांसपेशीहरूलाई बेवास्ता गर्छौं । उमेर बढ्दै जाँदा हामी कति स्वस्थ रहन्छौँ भन्ने कुरा मांसपेशीहरूले नै निर्धारण गर्छन् ।”

३० वर्षपछि प्रत्येक १० वर्षमा ३ देखि ५ प्रतिशत सम्म मानिसको मांसपेशी कम हुन्छ । ५० वर्षपछि यो दर झन् बढ्ने गर्छ । 

३. राम्रो निद्राका निम्ति यसो गर्नुहोस् 

गुणस्तरीय निद्रालाई हामी खासै महत्त्व दिँदैनौँ । तर राम्रो निद्राले हाम्रो जीवन र स्वास्थ्यलाई धेरै सुधार गर्न सक्छ । राम्रो निद्राका निम्ति हरेक दिन पर्याप्त समय घाममा बस्न डा. चटर्जीको मुख्य सुझाव छ । 

हाम्रो शरीरले दिन र रातमा फरक–फरक प्रकाश देख्नु आवश्यक छ । यसले शरीरको बायोलोजिकल घडीले सही रूपमा काम सहयोग गर्छ । अझ जाडो याममा यसप्रति विशेष ध्यान दिनुपर्छ ।

डा. चटर्जी भन्छन्, “धेरै मानिस अँध्यारोमै घरबाट निस्किन्छन्, अँध्यारोमै काममा जान्छन्, पूरै दिन अफिसभित्र बस्छन् र फेरि अँध्यारोमै घर फर्किन्छन् । तर प्रत्येक व्यक्तिले कम्तीमा दिनको २० मिनेट घाममा बस्छ भने यसले अर्को दिन बिहान पहिलेभन्दा धेरै ताजगी महसुस गर्नेछन् ।”

४. आफ्ना निम्ति समय निकाल्नुहोस् 

तनाव हाम्रो दैनिक जीवनको एक अभिन्न अंगजस्तै बनिसकेको छ र दुर्भाग्यवश प्रविधि पनि यसमा केही हदसम्म जिम्मेवार छ ।

डा. चटर्जीका अनुसार मान्छे बिहान निद्राबाट उठ्नेबित्तिकै अचानक अलार्म बज्छ, फेरि फोन चेक गरिन्छ र निलो प्रकाशसहित धेरै नोटिफिकेसन आउँछ । साथै धेरैका निम्ति यो क्रम दिनभर र सुत्नुभन्दा ठीकअगाडिसम्म पनि चलिरहन्छ । यसले हामीलाई आराम गर्ने समय दिँदैन । 

यसमा उनको के सुझाव छ भने दिनको कम्तीमा १५ मिनेट आफ्ना निम्ति समय निकाल्नुहोस् । उक्त समयमा फोन प्रयोग नगर्नुहोस् र आफूलाई राम्रो लाग्ने काम गर्नुहोस् । यसले तनाव कम गर्न मद्दत गर्छ । बीबीसी हिन्दी

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्