site stats
बाह्रखरी :: Baahrakhari
देश
आन्दोलन निर्णायक मोडमा पुग्यो, देशभरका शिक्षक तुरुन्त काठमाडौं आउनू

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । सरकार शिक्षकका मागप्रति अनुदार देखिएको भन्दै महासंघले अब आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । 

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको बताए । शिक्षकका मागमा राज्य यथावत् अनुदार देखिएको उनको आरोप छ । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ,” उनी भन्छन्, “यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।”

अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचारप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् । 

महासंघले चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आइरहेको छ । महासंघले आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । 

महासंघले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्