site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सकियो राप्रपाको प्रदर्शन, अध्यक्षसहितका सांसदलाई छुटाउने भन्दै हिँडे नेता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार (वैशाख ७) आयोजना गरेको प्रदर्शन सकिएको छ । महामन्त्री विक्रम पाण्डेले बिजुलीबजारमा सम्बोधन गर्दै आजको आन्दोलन स्थगन भएको घोषणा गरेका हुन् ।

उनले प्रदर्शन रोकेर सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई छुटाउने पहलमा लाग्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि अध्यक्ष एवं संसदीय दलका नेता लिङदेन, प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलगायत राप्रपा सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘अवस्था र व्यवस्था’ बदल्न भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्