site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
रवि लामिछाने । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (वैशाख ९)लाई पेसी तोकिएको छ । सर्वोच्च अदालतमा हिजो पनि यो रिटको पेसी तोकिएकामा ‘हेर्न नमिल्ने’मा परेको थियो ।

लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गएको आइतबार (वैशाख ७) बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । त्यसपछि सोमबार न्यायाधीश हरि फुयालको इजलासमा यो रिट ‘हेर्न नमिल्ने’मा परेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा पुर्पक्षका निम्ति थुनामा रहेका लामिछाने यसअघि ७३ नम्बर निवेदन लिएर सर्वोच्च गएका थिए । उनको उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

उक्त आदेशपछिको सुनवाइ नहुँदै उनका तर्फबाट श्रीमती निकिताले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । लामिछानेलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न रिटमा माग गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्