site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वराजा शाह नागरिक स्वतन्त्रताको शत्रु : कृष्ण पहाडी 

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । पहाडीले पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु भएको इतिहासबाट प्रमाणित भइसकेको दाबी गरेका हुन् । 

१९औँ लोकतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुधबार काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले केही दर्जन भ्रष्ट नेताका कारण लोकतन्त्र नै धरापमा परेको बताए । दागी नेताहरूलाई कारबाही गरेर सुशासन प्रत्याभूतिको सन्देश दिन उनले आग्रह गरे । पहाडीले शिक्षकहरूसँग विगतमा भएका सहमति शीघ्र कार्यान्वयनमा जोड दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा नागरिक अगुवाहरू कृष्ण खनाल, नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, नेपाल मेडिकल एसोसिएसनका पूर्वसभापति डा. केदारनरसिंह केसी, कवि अर्जुन पराजुली,  नन्दकृष्ण जोशीलगायतले खराबलाई दण्डित र असललाई पुरस्कृत गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताएका थिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र, शान्ति समाजका निवर्तमान सभापति रामकृष्ण बराल, पूर्वसभापतिहरू होमकान्त चौलागाईं, डा. गंगाधर अधिकारी, सल्लाहकार रामप्रसाद जोशीलगायतले मन्तव्य राखेका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्