site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दिपलले ल्यायो ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट योजना

काठमाडौं । विद्युतीय सवारी दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक अफरसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ । बजेटअघि पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरूले भरिएको दिपल ईभीलाई आकर्षक अफरहरूसहित खरिद गर्ने यो अनुपम समय हुने कम्पनीको दाबी छ ।

‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले हालसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउने कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल ईभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लू वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत व्याजदरको व्यवस्था पनि गरेको छ । साथै, वैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि कम्पनीले जनाएको छ । बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल ईभीलाई आकर्षक अफरहरूसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसक्छ ।

नेपालमा सार्वजनिक भएको एक वर्षमा आठसयभन्दा बढी बिक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी ईभी ब्रान्डका रूपमा आफूलाई स्थापित गरिसकेको छ ।

हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रूपमा उच्च कोटीको ईभी मोडेल छन् । यी ईभीहरूमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ फिचरहरूको माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन: परिभाषित गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्