site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कार बम आक्रमणमा रुसी जनरलको मृत्यु

काठमाडौं । रुसी सेनाका जनरल यारोस्लाभ मोस्कालिकको मस्कोमा भएको कार बम आक्रमणमा मृत्यु भएको छ । उनी 'रूसी जनरल स्टाफ'को मुख्य सञ्चालन विभागका उपप्रमुख थिए ।

रुसको अनुसन्धान समितिले उनको मृत्यु भएको पुष्टि गरेको छ । यस हत्याको बारेमा अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भनिन्, "श्रापनलले भरिएको फक्सवागन गल्फ कार आईइडीका कारण विस्फोट भएको थियो ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०१५ मा पेरिसमा रुसले युक्रेनसँग वार्ता गर्दा जनरल यारोस्लाभ मोस्कालिकले रुसी पक्षको नेतृत्व गरेका थिए ।

रुस र युक्रेनबीच जारी युद्धमा रुसी सैन्य कर्मचारीहरूमाथि यसरी आक्रमण भएको यो पहिलोपटक होइन ।

यसअघि, पूर्वी युक्रेनमा रहेको रुस समर्थक अर्धसैनिक समूहका नेता आर्मेन सार्गस्यान उत्तरपश्चिमी मस्कोको एक आवासीय भवनमा भएको विस्फोटमा घाइते भएका थिए र पछि अस्पतालमा उनको मृत्यु भएको थियो । बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्