site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विद्युत् ग्रिडमा भएको गडबढीले स्पेन र पोर्चुगल अस्तव्यस्त

काठमाडौं । स्पेन र पोर्चुगलमा बिजुली अवरुद्ध हुँदा यी दुई देशमा सोमबार अस्तव्यस्तको अवस्था सिर्जना भएको छ । हजारौँ मानिसले रेल यात्रा गर्न पाएनन् । लाखौँ मानिसको फोन र इन्टरनेट अवरुद्ध हुनुका साथै एटीएमबाट पैसा निकाल्न समेत नपाएको समाचार संस्था एपीले जनाएको छ ।

विद्युत् ग्रिडमा अचानक भएको गडबढीले त्यहाँको प्राधिकरणलाई यसको कारण खोज्न बाध्य बनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई सम्बोधन गर्दै बिजुली अवरुद्ध भएका कारण देश ठप्प भएको लगभग ११ घण्टापछि पनि सरकारी विशेषज्ञहरू यो घटनाको कारण पत्ता लगाउने प्रयासमा जुटेको बताएका छन् ।

उनले भने, “हामीले यसअगाडि विद्युत् ग्रिड प्रणालीमा भएको  गडबढी कारण व्यापक विद्युत् अवरुद्धको भएको र यस्तो अवस्थलाई  अनुभव गरेका थिएनौँ ।”  

स्थानीय समयअनुसार सोमबार दिउँसो १२ः३३ देखि स्पेनको विद्युत् ग्रिडले ५ सेकेन्डभित्रै राष्ट्रिय मागको ६० प्रतिशत बराबर अर्थात १५ गिगावाट विद्युत् आपूर्ति गुमाएको उनले बताए ।

स्पेनको बिजुली वितरण गर्ने कम्पनी रेड इलेक्ट्रिकाका प्रमुख एडुआर्डो प्रियेटोले यो असाधारण घटना भएको बताए ।

सान्चेजले सोमबार राति ११ बजेसम्म देशले ५० प्रतिशत बिजुली फिर्ता भएको र स्पेनमा मंगलबारसम्म बत्ती फिर्ता हुने आश्वासन दिए ।

युरोपमा ६ हप्ताभित्र भएको यो दोस्रो गम्भीर बिजुली अभाव भएको बताइएको छ । यसअघि मार्च २० मा आगलागीले बेलायतको हिथ्रो एयरपोर्ट नै बन्द भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्