
काठमाडौं । इजरायलले अमेरिकी हमलाहरूपछि इरानको फोर्दो परमाणु परिसर निष्क्रिय भएको दाबी गरेको छ ।
इजरायल सरकारको परमाणु संस्थाले अमेरिका र इजरायलका हमलाहरूका कारण फोर्दो परमाणु परिसर पूर्णरूपमा निष्क्रिय भएको बताएको हो ।
इजरायल एटमिक एनर्जी कमिसन (आएईसी)ले भन्यो, “हमलाहरूले परिसरका आधारभूत संरचनाहरूलाई ध्वस्त पारेको छ । अमेरिकी र इजरायली हमलाहरूका कारण इरानको परमाणु हतियार विकास गर्ने क्षमता धेरै वर्ष पछाडि धकेलिएको छ ।”
आएईसीले भन्यो, “इरानको परमाणु सामग्रीमा पहुँच नभएमा यो उपलब्धि अनिश्चितकालसम्म कायम रहनसक्छ ।”
यद्यपि, इरानको परमाणु प्रतिष्ठानहरूमा भएको हमलाबारे पेन्टागनको चुहिएको प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदनमा इरानको परमाणु कार्यक्रम नष्ट नभएको र सम्भवतः यो अधिकतम केही महिनामात्र पछाडि धकेलिएको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे सीएनएन र न्यूयोर्क टाइम्सले झुटो समाचार फैलाइरहेका आरोप लगाएका छन् । फक्सन्युज