site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्पट फिक्सिङमा मुछिएका आदिलको प्रतिबन्ध फुकुवा

काठमाडौं । स्पट फिक्सिङ प्रकरणमा मुछिएका नेपाली क्रिकेटर आदिल अन्सारीमाथिको निलम्बन फुकुवा भएको छ । दुई वर्षअघि आयोजित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० का दौरान उनी स्पट फिक्सिङमा मुछिएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै संघको प्रतिबन्धबाट अन्सारीलाई फुकुवा गरिएको जनाएको हो । यसअघि क्यानले ०७९ पुस ९ गतेदेखि २७ गतेसम्म आयोजना भएको नेपाल टी–२० का दौरान स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टिमका सदस्यसमेत रहेका अन्सारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“क्यान इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने गरी २१ गतेदेखि मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ,” क्यानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

स्पट फिक्सिङ प्रकरणमा आदिलसँगै नेपाली टिमकै पूर्वसदस्य महबुब आलम, नितेश गुप्ता, नविन कँडेल र रवि माझीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । 

सीआईबीले पाँचैजनाविरुद्ध मुद्दा दर्ता गराए पनि जिल्ला अदालत काठमाडौंले दाबी नपुग्ने भन्दै सबैलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्