site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवीनता नरहेको बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा परियारले विकासका लागि सबै राजनीतिक दल तथा संघसंस्था एकै ठाउँमा उभिनुपर्ने बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हरेक समय आफैँमा नवीन हुन्छ, तर यो नीति तथा कार्यक्रममा कुनै नवीनता छैन,” उनले भने, “नवीनता नभएको नीति तथा कार्यक्रमले आजको समाजको प्रतिनिधित्व गर्न सक्दैन ।” 

उनले थपे, “हामीले विकासमा केही नवीनताको सिर्जना गर्नुपर्ने भएको छ । देशको समग्र विकास गर्न समग्र पार्टी, यो देशका समग्र संस्थाहरू एक ठाउँमा उभिनुपर्छ ।” 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्