site stats
बाह्रखरी :: Baahrakhari
देश
रविको मुद्दा हेर्न मिल्ने इजलासमा मात्र राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने मिल्ने न्यायाधीशहरूको इजलासमा राख्न आदेश गरेको छ ।  

आइतबार न्यायाधीशद्वय डाक्टर मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब उप्रान्त हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै पटकपटक हेर्न नमिल्नेमा नपर्ने गरी सुनवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो ।
 
आदेशसँगै सर्वोच्च प्रशासनले अहिलेसम्म हेर्न नमिल्ने चार न्यायाधीशको सूची तयार पारेको छ । त्यसबाहेक पनि हेर्न नमिल्ने भए यकिन गरी भोलि हेर्न मिल्ने न्यायाधीशमध्येबाट मात्र गोला प्रणालीमा सहभागी गराउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । 

कुइँकेलका अनुसार न्यायाधीशहरू हरिप्रसाद फुयाँल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्