site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजावादीप्रति ओली– केही व्यक्ति रैती हुन्छौँ भन्दै वरिपरि घुम्ने गरेका छन्

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्व निकै सक्रिय भएको टिप्पणी गरेका छन् । वाग्मती प्रदेशका वडाअध्यक्षहरूको प्रशिक्षणमा उनले आफूहरू चुप लागेकाले प्रतिगामीको मनोबल बढेको बताए । 

“प्रतिगामी तत्वहरू निकै धेरै सक्रिय छन् । हामी चुपचाप लागेकाले उनीहरूको मनोबल उठेको छ । हाम्रो मनोबल सधैँ उच्च रहनुपर्ने,” उनले भने, “हाम्रो मनोबल चाहिँ त्यति दह्रो नहुने, प्रतिगामी सोझै लाज नमानी तिमीहरू रैती भएर बस । म राजा हुन्छु भनेर एउटा भन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजावादीलक्षित गर्दै केही व्यक्तिहरूले आफूहरू रैती हुन्छौँ भनेर वरिपरि घुम्ने गरेको टिप्पणी समेत गरे । “केही रैतीहरू गएर बिहान–बेलुका नै उसको वरिपरि घुमिरहेका छन् । हामी रैती हुन तयार छौँ प्रभु । हामीलाई कुनै अधिकार चाहिँदैन, जीवजन्तु जस्तै हौँ । दिएको घाँस, पानी खान्छौँ । घाँसकुडोले जिन्दगी चलाउँछौँ, जे हुन्छ प्रभुको भक्ति गाउँछौँ, बस्छौँ कुनै स्वाभिमान चाहिएको छैन हजुर,” उनले कटाक्ष गरे, “जनता सार्वभौम, नागरिक सर्वोच्चता हामीले बुझेका छैनौँ, यो चाहिँदैन भनेर दलालीमा केही मान्छे समर्पित छन् । उनीहरूले उक्स्याएका छन् ।” 

उनले डिजिटल प्लेटफर्म, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम गरिरहेको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्