site stats
बाह्रखरी :: Baahrakhari
देश
घाइते, अपांग र अशक्तको निःशुल्क उपचार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका घटनाको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष स्थापनाका लागि एक अर्ब विनियोजन गरिएको बताए ।

शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धि बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ । सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको आयोगलाई क्रियाशील बनाउने बताए । घाइते, अपांग तथा अशक्तको सरकारी अस्पतालमा निःशुल्क उपचार गराइने मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्