site stats
बाह्रखरी :: Baahrakhari
देश
३२ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर ३२ हजार ४ सयसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । 

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त रकमसहित शुक्रबार बिहान ३२ वर्षीय सावजुन लाई पक्राउ परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।   

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्वव अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्