देश

विराटनगर । कोसी प्रदेशको पहाडी क्षेत्रहरुमा भइरहेको अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग अवरुद्ध भएको छ ।
लेउती खोलामा आएको बाढीले सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार धनकुटाकै साँगुरीगढी गाउँपालिका–६ फेदीनजिकै करिब १०० मिटर कालोपत्रे सडक लेउतीको बाढीले बगाएको छ । उक्त क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।
सोही राजमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना आसपास रुख लडेर सडक अवरुद्ध भएको थियो । तर, अहिले हटाइएको प्रहरीले बताएको छ ।
तमोर करिडोको छरुवा खोलमामा बाढी आउँदा धनकुटाको चौबिसे गाउँपालिका– ४ स्थित सडक खण्ड पनि अवरुद्ध बनेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ ०८:४०
प्रतिक्रिया दिनुहोस्