site stats
बाह्रखरी :: Baahrakhari
देश
हृदयेन्द्रसहित जुम्ला पुगिन् हिमानी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्रसहित शनिबार (जेठ २४) जुम्ला पुगेकी छन् । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाको मनिसांघमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका निम्ति उनी त्यहाँ गएकी हुन् ।

जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो ।

हिमानीको कार्यलाई उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रूपमा लिइएको स्थानीयवासीको भनाइ छ । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्